कांग्रेसको १५औं महाधिवेशन ०८३ साल मंसिरसम्ममा हुन्छः कृष्ण सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको १५औं महाधिवेशन २०८३ साल मंसिरसम्ममा हुने बताएका छन् । आज (आइतबार) काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले चार वर्षे कार्यकाल पूरा भएर पनि एक वर्ष म्याद थपिएरमात्रै १५औं महाधिवेशन हुने बताएका हुन् ।

‘कांग्रेसको महाधिवेशन आजसम्म ५ वर्षमा भएको छ । चार वर्षमा कहिल्यै भएको छैन । अब १५औं हुने हो । चार वर्षे कार्यकाल र एक वर्ष म्याद थप्न पाइन्छ । अब ४ वर्ष यो मंसिरमा पूरा हुन्छ,’– उनले भने ।

नेता सिटौलाले अहिलेसम्म क्रियाशील सदस्यता नवीकरण टुङ्गिनसकेको बताए । कार्यसमितिले आगामी असोज मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको समय दिएको र त्यसपछि देशभर नयाँ क्रियाशील सदस्यता वितरणको काम सुरु हुने बताए ।

‘२०८३ सालको दसैं अगाडि हुन पनि सक्ने भयो । दसैं पछाडि पुग्न पनि सक्ने भयो । तर, ०८३ सालको मंसिर उता लैजान हुँदैन,’– उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *