चितवनमा लोडसेडिङ सुरु भएको होइन, लेखाइ गलत भएको हो : मन्त्री खड्का

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन् । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले बेलुकाको समयमा पानी तान्ने पम्प नचलाउनका लागि मात्रै आग्रह गरिएको बताए ।

‘यो लोडसेडिङ होइन । उहाँहरुको लेखाइ गलत भएको हो । पानी तान्ने पम्प हुन्छ, त्यसलाई लाइन मिलाउनुपर्ने भएको भएर दुई दिनको लागि बेलुकाखेरका काम गर्ने समयलाई चाहिँ पानी तान्ने पम्प चाहीँ नचलाउनुस् है भनेको । लोडसेडिङको तालिका होइन । त्यो गलत हो । लोडसेडिङ होइन, हुँदैन,’– उनले भने ।

चितवनमा लोडसेडिङ सुरु भएको भन्दै सामाजिक सञ्जालमा प्रचार भएको थियो । उक्त सूचनमा दैनिक ३ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने उल्लेख थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *