काठमाडौं। इरानको जेलमा रहेका पाँच जना नेपाली काठमाडौं फर्किएका छन्। उनीहरु इरानबाट गएराति काठमाडौं आइपुगेका हुन्।
हालैको इजरायल इरान युद्धका कारण नेपाली नागरिकको सुरक्षा एवं उद्धारका क्रममा इरानको जेलमा पाँच जना नेपाली रहेको पत्ता लागेको थियो ।
त्यसपछि परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको निर्देशनमा मन्त्रालयले उनीहरुलाई जेलमुक्त गरी स्वदेश फर्काउनका लागि कूटनीतिक पहल सुरु गरेकी थिइन्। सो पहलस्वरुप उनीहरु जेलमुक्त भई गएराति स्वदेश फर्किएका हुन्।
उनीहरु स्वदेश फर्किएको जानकारी आज परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत गराएको छ। साथै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उनीहरु नेपाल फर्किएपछि सो कामका लागि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेकी छन्।
