काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तत्काल मधेश प्रदेशलाई राहत प्याकेज दिन माग गरेका छन् । उनल विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेरमात्रै नहुने भन्दै तत्काल राहत दिन भनेका हुन् । उनले फेशबुकमार्फत सरकारसँग यस्तो माग गरेका हुन् ।
उनले भनेका छन्–
“वर्षा हुन नसकेको कारण आमरुपमा गर्मी बढेको छ भने तराई/मधेशले खडेरी व्यहोर्नु परिरहेको छ ।खेतमा रोपाईं हुन नसकिरहेको मात्र होइन ,खाने पानीमा समेत समस्या उत्पन्न भएको छ ।यस सन्दर्भमा प्रदेश सरकारले मधेशलाई सुखा क्षेत्र घोषणा गरेको छ भने संघीय सरकारले मधेश प्रदेशका सबै जिल्लाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । घोषणाले तत्कालको आवश्यकता राहत प्याकेजलाई सम्बोधन गर्ने कदम चाल्ने माग गर्दछ ।तर अहिले सम्म सरकारले त्यसतर्फ समुचित ध्यान दिन सकेको छैन ।तत्काल राहत प्याकेज घोषणा गरियोस् ।”
