डब्लुडब्लुई सुपरस्टार हल्क होगनको ७१ वर्षको उमेरमा निधन

डब्लुडब्लुईका प्रसिद्ध सुपरस्टार हल्क होगनको निधन भएको छ। ७१ वर्षीय होगनको बिहीबार मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। उनको मृत्यु कार्डियाक अरेस्टका कारण भएको जनाइएको छ।

रिपोर्टका अनुसार अमेरिकाको फ्लोरिडा राज्यको क्लियरवाटर सहरस्थित हल्क होगनको घरमा आपतकालीन चिकित्सकहरू बोलाइएको थियो। घटनास्थलमा प्रहरीका गाडीहरू र आपतकालीन मेडिकल टोली उपस्थित थिए। हल्क होगनलाई स्ट्रेचरमा राखेर एम्बुलेन्सबाट अस्पताल लगिएको थियो, तर दुर्भाग्यवश उनलाई बचाउन सकिएन।

केही हप्ता अघि मात्रै हल्क होगनकी पत्नी स्काई होगनले सामाजिक सञ्जालमा उनकै बेहोस भएको हल्लाको खण्डन गरेकी थिइन्। उनले भनेकी थिइन्, ‘होगनको मुटु मजबुत छ र उनी सर्जरीबाट निको हुँदै गइरहेका छन्।’

डब्लुडब्लुई ले सामाजिक सञ्जालमार्फत होगनको निधनको पुष्टि गर्दै उनको परिवार र नजिकका मित्रहरूप्रति समवेदना व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *