काठमाडौं । लागूऔषध चरेशजस्तो देखिने कालो पदार्थसहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–२ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–९ मच्छेगाँउ डेरा गरी बस्ने वर्ष ३९ की पार्वती मगर रहेकी छन् ।
चन्द्रागिरी–११ सतुङ्गलस्थित सडक खण्डमा संकास्पद रूपमा हिँडिरहेको ती महिलामाथि संका लागि प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा जेब्रा झोलाभित्र लुकाई–छिपाई राखेको अवस्थामा लागुऔषध चरेशजस्तो देखिने कालो पदार्थ १२ थान फेला पारेको हो । उक्त संकास्पद वस्तु तौल गर्दा ६ केजी रहेको बताइएको छ ।
काठमाडौँ जिल्ला अदालतबाट ५ दिनमो को म्याद थप अनुमति लिई पक्राउ परेकी महिलामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्र.उ.अपील राज बोहराले जानकारी दिए ।
