करेन्ट लागेर कामदारको मृत्यु

इनरुवा (सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–३ मा आज करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीका ४० वर्षीय नन्दकुमार चौधरी रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक योगराज खतिडाले जानकारी दिए।

माथिल्लो तलामा रड काट्ने क्रममा हाइटेन्सन लाइनमा रडले छोएर नन्दकुमार चौधरीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर अर्का कामदार श्रवण चौधरी गम्भीर घाइते भएका छन्।

श्रवणलाई उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरीले जनाएको छ। घर निर्माणमा १२ जनाको समूहले काम गर्दै आएका थिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रनाउ खतिवडाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *