राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा नल्याएसम्म भ्रष्टाचार नियन्त्रण हुँदैन : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले केही कर्मचारीलाई मात्रै कारबाही गरेर भ्रष्टाचार अन्त्य नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भ्रष्टाचारको जरो र छाता भनेको नै राजनीतिक क्षेत्र भएकोले राजनीतिक क्षेत्रलाई नै कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

उनले भने,‘राजनीतिक क्षेत्रलाई छानबिनको दायरामा नल्याएसम्म भ्रष्टाचार नियन्त्रणको कल्पनासमेत गर्न सकिँदैन । अख्तियार, अदालत सबैको म यस विषयमा ध्यानाकार्षण गराउन चाहन्छु । राजनीतिक नेतृत्वलाई छानबिनमा ल्याउनुपर्छ । दोषी देखिएकालाई उन्मुक्ति दिने चलन दिएको छ, यसको अन्त्य हुनुपर्छ ।’

उनले भिजिट भिसा प्रकरणमात्रै नभएर मन्त्रीहरुको बारेमा प्रश्न उठेको विषयमा पनि उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरेसम्म सदनको अवरोध कायमै राख्ने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *