चितवन। सवारीसधानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-११ का ३१ वर्षीय राम अवतार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार गएराति खैरहनी नगरपालिका-१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते अवतारको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गएराति नै मृत्यु भएको हो। ठक्कर दिने बलेरो र चालक प्रहरीको नियन्त्रणमा छन्।
