नेप्से परिसूचक २१ अंकले बढ्यो, कारोबार रकम १६ अर्बमा झर्‍यो

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन शून्य दशमलव ३२ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने २१ दशमलव ७६ अंकले बढेर २८ सय ९२ दशमलव ७२ अंकमा पुगेको छ ।

यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४६ अंकले बढेर पाँच सय दुई दशमलव ४९ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ११ वटा कम्पनीहरूको एक लाख ३८ हजार आठ सय २८ पटकको कारोबारमा तीन करोड ५६ लाख ४९ हजार दुई सय ११ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार दुई सय ३८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरूको शेयर कारोबार भएकोमा १३ वटै समूहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव ३० अंकले बढेर १५ सय २९ दशमलव २२ अंकमा पुगेकोमा विकास बैंक समूहको सूचक पनि ८६ दशमलव १२ अंकले बढेर छ हजार एक सय ३८ दशमलव ७९ अंकमा पुगेको छ । फाइनान्स समूहको सूचक पनि शून्य दशमलव २३ अंकले बढेर २५ सय ८३ दशमलव ५८ अंकमा चढेकोमा जलविद्युत समूहको सूचक पनि १७ दशमलव २९ अंकले बढेर ३७ सय ५९ दशमलव २२ अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक पनि तीन दशमलव ३७ अंकले बढेर १३ हजार आठ सय ८९ दशमलव २१ अंंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ६८ दशमलव १५ अंकले बढेर १३ हजार तीन सय ६२ दशमलव ६७ अंकमा पुगेको छ । यी बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः २१ दशमलव ७९, शून्य दशमलव ४३, २८ दशमलव चार, एक सय तीन दशमलव १०, शून्य दशमलव तीन, ४७ दशमलव १९ र १८ दशमलव २२ अंकले बढेका छन्

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा थ्रि स्टार हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो ग्रिन डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *