रोल्पा । रोल्पामा पहिरोमा पुरिएर वृद्धको ज्यान गएको छ। जिल्लाको उत्तरी थबाङ गाउँपालिका-४ थापाखर्कका ७२ वर्षीय गोठे घर्तिमगरको पहिरोमा पुरिएर मृत्यु भएको हो।
आइतबार बिहान ६ बजे भान्छा कोठामा बसिरहेका घर्तीमगरको पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
