प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच एमाले मुख्यालय च्यासलमा भेटवार्ता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता जारी छ । एमाले मुख्यालय च्यासलमा दुई नेताबीच भेटवार्ता भएको हो । एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीको पार्टी सदस्यता नवीकरणको विवाद निस्किएको छ ।

भण्डारी पक्षधरले सदस्यता नवीकरण भएको दाबी गरेका छन् । तर, ओली पक्षधरले भने सदस्यता नवीकरण नभएको र होल्डमै राखिएको दाबी गरेको छ । भोलिबाट एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुँदैछ । त्यसअघि आज दुई नेताबीच निर्णायक भेटवार्ता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *