एमालेकै लाइनमा राप्रपा, नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जाल र मिडियामा ‘जथाभाबी’ लेख्न बोल्न रोक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा लेख्न कडाई गरेको छ ।

राप्रपाको केन्द्रीय अनुशासन समितिले  पार्टीको नीति, विचार, सिद्धान्त र वृहतर हित विपरित हुने गरि सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा बोल्न कडाई गरेको हो ।

पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘राप्रपाको केन्द्रीय अनुशासन समितिको बैठक समितिकी अध्यक्ष, पार्टीका वरिष्ठ नेता उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ। बैठकले पार्टीको नीति, विचार, सिद्धान्त र वृहतर हित विपरित हुने गरि सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा लिखित वा मौखिक रूपमा कुनै पनि प्रकारको अभिव्यक्ति नदिन तथा त्यस सम्बन्धी कुनै पनि क्रियाकलाप नगर्नु नगराउनु हुन पार्टीका सबै तहका नेता कार्यकर्ताहरूलाई हार्दिक अनुरोध गर्दछ ।’

राप्रपामा अध्यक्ष राजेन्द्र लिङदेनले स्वेच्छाचारी धनगले पार्टी चलाएको भन्दै वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री धवलशमशेर राणा लगायतले विरोध गरेपछि पार्टी अहिले आन्तरिक कलहमा फसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *