लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-१३ लालापुरबाट खेरो हेरोइनसहित सोही उपमहानगरपालिका-२२ का ३४ वर्षीय अलताब किङगरीया बुधबार अपराह्न पक्राउ परेका हुन्।

यसैगरी, तनहुँको व्यास नगरपालिका-२ उत्तरशीलाका २९ वर्षीय पूर्णबहादुर थापालाई गाँजासहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा करिब एक किलो गाँजा फेला पारेको थियो हो । उनी पनि बुधबार अपराह्न पक्राउ परेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *