फेवातालमा डुंगा पल्टियो, एक जनाको उद्धार

पोखरा । कास्कीको पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवातालमा बोट पल्टिँदा अलपत्र परेका एक जनाको उद्धार गरिएको छ।

अचानक आएको हावाहुरी र छालको कारणले कायक बोट पल्टिएर अलपत्र परेका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो।

तनहुँ जिल्लाको भिमाद नगरपालिका घर भइ हाल पोखरा महानगरपालिका–६ बैदाम बस्ने २८ वर्षिय सुबिन ठकुरीले चलाएको कायक बोट पल्टिएको थियो। उक्त खबर पाउनासाथ सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको रेस्क्यु टोलीले उनलाई सकुशल उद्धार गरेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *