सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त

काठमाडौँ । सरकारले सशस्त्र प्रहरीकाे आईजीमा पदमा एआईजी नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

सशस्त्र प्रहरी बलका हालका आईजी राजु अर्याल वैशाख १८ मा अवकाशमा जान लागेका छन् । अर्यालले २०७९ वैशाख १९ बाट सशस्त्र प्रहरीको कमाण्ड समालेका थिए । सशस्त्र प्रहरीका आईजीको पदावधि चार वर्ष हुने कानुनी व्यवस्था छ ।

आईजीको प्रतिस्पर्धामा एआईजीहरु नारायणदत्त पौडेलसँगै वंशीराज दाहाल पनि थिए । नारायण दत्त पौडेल २०७९ जेठ ६ मा एआईजी बढुवा भएका थिए । दाहाल २०७९ असोज २८ मा एआईजी बढुवा भएका थिए ।

पौडेल वरीयतामा पहिलो नम्बरमा रहेकामा उनलाई नै सरकारले नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *