विमानस्थलका पाँच होटेललाई १४ लाख जरिवाना

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन विमानस्थलपरिसरमा सञ्चालित पाँचवटा होटेललाई कारबाहि गरेको छ । अधिकतम खुद्रा बिक्री मूल्य कार्यान्वयन नगरेको, मूल्यसूची टाँस नगरेकोलगायत कैफियत भेटिएपछि १४ लाख पाँच हजार रुपैयाँ जरिवाना तिराएको हो ।

विभागको अनुगमन टोलीले सान इन्टरप्राइजेज, ओरियन्टल होटेल, टी थ्री थकाली र साई किरण इन्टरप्राइेजलाई तीन–तीन लाख रुपैयाँ तथा होटेल सोनिगलाई दुई लाख पाँच हजार रुपैयाँ जरिवाना तिराएको हो ।

त्यस्तै, सोल्टी होटेललाई भने व्यवसायसँग सम्बन्धित कागजात लिई २४ घण्टाभित्र उपस्थित हुन निर्देशन दिएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *