इजरायलसँगको रक्षा सम्झौता अघि नबढाउने मेलोनीको घोषणा

काठमाडौं । इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले इजरायलसँगको रक्षा सम्झौतालाई अब अगाडि नबढाउने निर्णय सार्वजनिक गरेकी छन्।

भेरोनामा आयोजित एक कार्यक्रमका क्रममा पत्रकारहरूसँग कुरा गर्दै मेलोनीले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सरकारले इजरायलसँगको रक्षा सम्झौताको नवीकरणलाई निलम्बन गर्ने निर्णय गरेको जानकारी दिएकी हुन्।

बीबीसीका अनुसार, यो सम्झौता लामो समयदेखि चल्दै आएको थियो र हरेक पाँच वर्षमा विभिन्न राजनीतिक दलका सरकारहरूले यसलाई स्वतः नवीकरण गर्दै आएका थिए।

इटाली र इजरायलबीचको यो रक्षा सम्झौतामा सैन्य उपकरणहरूको आदान(प्रदान र संयुक्त अनुसन्धान जस्ता महत्वपूर्ण पक्षहरू समावेश थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *