काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा रहेको ढुंगा निकालिएको छ।
आज (सोमबार)डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले ओलीको शल्यक्रिया गरेर पित्तथैलीमा रहेको ढुंगा निकालेको हो।
ओली हाल त्रिवि शिक्षण अस्पतालको आईसीयूमा छन्। उनको पित्तथैलीमा रहेको ढुंगा २२ एमएमको रहेको चिकित्सकहरूले बताएका छन्।
नयाँ सरकार गठन भएको भोलिपल्ट नै ओलीलाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेको दिनदेखि नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।
