बालेनलाई मोदीको बधाई, मित्रता र सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता

काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नवनियुक्त प्रधानमन्त्रीका रूपमा शपथ लिएका बालेन्द्र (बालेन) शाहलाई बधाई दिएका छन्। मोदीले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै शाहलाई न्यानो बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमा सन्देश लेख्दै मोदीले बालेनको नियुक्तिले नेपाली जनताले उनको नेतृत्वमाथि राखेको गहिरो भरोसा र विश्वासलाई प्रतिबिम्बित गरेको उल्लेख गरेका छन्। जनमतको कदर गर्दै मोदीले बालेनको नेतृत्वमा नेपालले प्रगतिको बाटो तय गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।

यसैगरी, मोदीले आगामी दिनमा नेपाल र भारतबिचको मित्रता र सहकार्यलाई थप बलियो बनाउन आफू तयार रहेको सन्देश दिएका छन्। दुवै देशका नागरिकको आपसी हित र फाइदाका लागि बालेनसँग नजिक रहेर काम गर्न आफू आतुर रहेको मोदीले आफ्नो पोस्टमा उल्लेख गरेका छन्। नयाँ प्रधानमन्त्रीसँगको सहकार्यले दुई देशबीचको ऐतिहासिक सम्बन्ध र आपसी सहयोगलाई अझै नयाँ उचाइमा लिएर जाने मोदीको भनाइ छ।

655338011_957853060312756_7696192783267612348_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *