काठमाडौं। खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकोप्टर दुर्घटना भएको छ।
बेलायतबाट काठमाडौं ल्याइएको शव बोकेर खोटाङ पुगेको एयर डानेष्टिको नाइन एन-एएफक्यु हेलिकोप्टर अवतरणका क्रममा बिहान ११ः५१ बजे दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन्।
उनका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। तर, हेलिकोप्टरमा पाइलटसहित सहित ५ जना सवार थिए। एकजना यात्रुको खुट्टामा चोट लागेको छ। घाइतेलाई तत्काल उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा लगिएको र उनको अवस्था सामान्य रहेको बताइएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ। उद्धार कार्यका लागि काठमाडौंबाट अर्को एउटा हेलिकोप्टर पठाइएको जानकारी दिइएको छ।
