टिपरको हाइड्रोलिक उठाउँदा करेन्ट लागेर मालिकको मृत्यु, सडकमै जल्यो टिपर

काठमाडौं । सिराहामा करेन्ट लागेर टिपर चालकको मृत्यु भएको छ। आज बिहान पौने ९ बजेतिर गोलबजार(२ गुरुधाम जाने बाटोमा प्र।२–०–००१ क ००४५ नम्बरको टिपरको हाइड्रोलिक उठाउने क्रममा हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सिराहाको गोलबजार नगरपालिका– ३ का ४३ वर्षीय सन्तोष साह छन्। उनी टिपरका मालिक पनि हुन्। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय हेल्थ केयर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो। शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *