काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
बिहीबार दिउँसो बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच निर्वाचनका विषयमा छलफल भएको छ। शान्तिपूर्ण वातावरणमा चुनाव हुनुपर्ने धारणा ओलीले राखेका छन्।
