९ किलो गाँजासहित एक जना पक्राउ

रौतहट । रौतहट प्रहरीले नौं किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरको टोलीले आइतबार दिउँसो चन्द्रपुर नगरपालिका वडा नम्बर ४ धनसारबाट गाँजासहित युवकलाई पक्राउ गरेको हो। बाराको निजगढ नगरपालिका वडा नम्बर १२ बस्ने बर्ष ३४ को दिपक थिङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डिएसपी दिपक रायका अनुसार ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरबाट प्रहरी साहयक निरीक्षक टिका माया सिवाकोटिको टोलीले पूर्वपश्चिम सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ८० प ९८९३ नं.को मोटरसाइकल चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको हो।

मोटरसाइकल पछाडी जेब्रा झोलामा लुकाई छिपाई ल्याउदै गरेको दुई पोका पलास्टिकसहित ९ किलो ७५० ग्राम गाँजा फेला परेको डिएसपी रायले जानकारी दिए। यस विषयमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

पछिल्लो समयमा रौतहट प्रहरीले निगरानी बढाउन थालेपछि प्रतिबन्धित लागूऔषध, संग्लन र कारोबारीहरु पक्राउ पर्न थालेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *