काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सन्तुलित बजेट ल्याएको दाबी गरेका छन् । आज (बुधबार) मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले यस पटक २०७९ पछिको सबैभन्दा व्यवस्थित र सन्तु्लित बजेट सार्वजनिक भएको बताएका हुन् । उनले केही नेताहरुको निर्वाचन क्षेत्रमा मात्रै बजेट खन्याइएको भन्ने कुरामा सत्यता नरहेको बताए ।
‘२०७९ पछिको सरकारले प्रस्तुत गरेको बजेट सबैभन्दा सन्तुलित, सबैभन्दा व्यवस्थित बजेट हो भन्ने लाग्छ मलाई । कुनै ठाउँमा ठूल्ठूलो योजना होला । ठूल्ठूलो योजना भएको ठाउँमा बजेट पनि धेरै चाहिन्छ नि । त्यस हिसाबले बजेट गएको होला । कसैको ठाउँमा धेरै थुप्रिने, कसैको ठाउँमा केही नपर्ने चाहिँ होइन,’– उनले भने ।
उनले अपवादबाहेक ३ करोडभन्दा तल बजेट बिनियोजन नभएको उनको दाबी छ । मन्त्री गुरुङले ५० लाख, ६० लाखका सांसदहरुले भनेको योजनामा बजेट विनियोजन यस पटक नहु्ँदा असन्तुष्टि देखिएको उनले बताए । ‘माननीयज्यूहरुको विरोध कहाँनेर थियो भनेदेखि करोडभन्दा तलको योजनाहरु पहिला, ५० लाख हालिदेऊ, ६० लाख हालिदेउ । धेरै भन्ने बानी परिरहेको हामी । त्यो माग चाहीँ अहिले पूरा हुन सकेन । त्यसले पनि असन्तुष्टि जन्मिएको छ । नापेरै तपाईँको ७७ वटै जिल्लामा बराबर बजेट कहिले पनि हुँदैन,’– उनले भने ।
ुसाथै, भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले ‘मेरो गोरुको बाह्रै टक्का’ गरेको उनले बताए । कर्मचारीले गरेको गल्तीमा मन्त्रीले राजीनामा दिने भन्ने नहुने उनको भनाइ छ ।
