काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्ति विवादको निर्णय यही जेठ २८ गते सुनाउने भएको छ ।
आज (बिहीबार) इजलासमा बहस सकिएसँगै निर्णय सुनाउने भनेर मिति तय गरिएको हो । यस्तै, संवैधानिक इजलासले जेठ १६ गतेभित्र बहस नोट पेस गर्न आदेश दिएको छ।
गत माघ ३० गतेदेखि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा उक्त सुनुवाइ भइरहेको थियो।