२५ बुँदे घोषणापत्र जारी गर्दै सकियो सगरमाथा संवाद

काठमाडौं । गत जेठ २ गतेदेखि नेपालमा जारी सगरमाथा संवाद २५ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ । जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र जारी गरिएको हो । समापन सत्रमा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले घोषणापत्र सार्वजनिक गरिन् । उनले विश्व समुदायलाई जलवायु सङ्कट विरुद्ध एकजुट भई कदम चाल्नसमेत आग्रह गरिने । परराष्ट्रमन्त्री डा.राणाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको पनि बताईन् । ‘संवादको यो संस्करणले उच्च हिमालदेखि टापु राष्ट्रका नेता, नीति निर्माता, विज्ञहरू, शिक्षाविद्, युवा, नागरिक समाज, अन्तरराष्ट्रिय सङ्गठन र समुदायका आवाजलाई वास्तविक संवादको भावनामा एकसाथ ल्याएको छ,’– उनले भनिन् । संवादका निष्कर्षको कार्यान्वयन र लक्ष्यित उपलब्धि हासिल गर्न सामूहिक प्रयत्न आवशयक पर्ने उल्लेख गर्दै मन्त्री डा.राणाले संवाद एउटा कार्यक्रम मात्र नभइ विचारको सङ्गम र साझा जिम्मेवारीको उत्सव भएको बताईन् । ‘सगरमाथाले हाम्रो दृढताको सम्झना गराउँदै अटल उभिएको जस्तै, यो संवादको नतिजाले हामीलाई हाम्रो सङ्कल्पको सम्झना गराओस्,’– उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *