काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक १०.६६ अंकले घटेर २६१५.०३ विन्दुमा रोकिएको छ। अघिल्लो बुधबार भने नेप्से २६२५.६९ अंकमा पुगेर रोकिएको थियो।
यसदिन सेन्सेटिभ इण्डेक्स १.६३ अंक घटेकोछ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यसदिन कुल ३२९ स्टकको ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार रुपैयाँको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता शेयर किनबेच भएको छ। यो किनबेच ६४ हजार पटकको कारोबारमा भएको हो। यसअघि बुधबार ४ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो।
यसदिन स्वस्तिक लघुवित्त र एसवाई प्यानलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यी दुई कम्पनीको शेयर १० प्रतिशतभन्दा धेरैले बढेको हो। यस्तै, सिन्धु विकास बैंकको शेयर मूल्य पनि साढे ९ प्रतिशतले बढेको छ।
यसदिन बाराही हाइड्रो पब्लिक लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी घटेको छ। यस कम्पनीको शेयर आज प्रतिकित्ता ४.७६ प्रतिशतले घटेर ५३४ रुपैयाँमा अन्तिम कारोबार भएको हो।
यस्तै, यसदिन कारोबार रकमका आधारमा बाराहि हाइड्रो पावर, राधि जलविद्युत कम्पनी र बुटवल पावर कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन ब्यापार, निर्जीवन इन्स्योरेन्स र होटल उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन वित्त र अन्य उपसमूहको सूचक १ प्रतिशत भन्दा धेरैले घटेको हो।
