०८४ सम्म प्रधानमन्त्री बन्दिन : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन् । शुक्रवार वीरगन्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए । उनले अहिलेको सरकार भ्रष्टाचारीहरूलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काम गरिरहेको बताए । उनले भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहेको आरोप लगाए । २०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहने उनले जिकिर गरे । आफू २०८४ सम्म जनताकै साथमा रहने उनको भनाइ छ । सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्ने कुरा माओवादीमा लागू नहुने उनले बताए ।  सरकारमा हुँदा आफूले भ्रष्टाचारविरुद्धको आन्दोलन छेडेको उनले बताए । आर्थिक विकासको निम्ति गति दिने कुरामा आफूहरूले सरकारमा हुँदा जोड दिएको र आफू नेतृत्वको सरकार भ्रष्टाचारीहरूले हटाएको उनको दाबी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *