हामी नेपाली ग्लोबलको भारत प्रमुखमा अशोक सिंह नेपाली

काठमाडाैँ । अन्र्तराष्ट्रिय स्तरको प्रवासी नेपालीहरुको छाता संगठन हामी नेपाली ग्लोबलको भारत प्रम्खमा अशोक सिंह नेपाली नियुक्त हुनु भएको छ । हामी नेपाली ग्लोबलको भारत प्रमुख नियुक्त अशोक सिंह मुम्वईस्थित उद्धव वालासाहेव ठाकरे नेतृत्वको शिव सेनाका नेपाल सम्पर्क प्रमुखका रुपमा रहदै आउनु भएको छ ।

भारतमा रहेका नेपालीहरुको हक शितका लागि लामो समयदेखि समाजसेवीका रपमा सेवा र सहयोग गर्दै आउनु भएका शिव सेनाका नेपाल सम्पर्क प्रमुख अशोक सिंह नेपालीलाई अन्र्तराष्ट्रिय स्तरको प्रवासी नेपालीहरुको छाता संगठन हामी नेपाली ग्लोबलले भारत प्रमुखको नियुक्ती तथा प्रमाण पत्र समेत प्रदान गरेको छ ।

अन्र्तराष्ट्रिय स्तरको प्रवासी नेपालीहरुको छाता संगठन हामी नेपाली ग्लोबल एक गैर राजनीतिक, गैर जातीय, गैर धार्मिक विश्वव्यापी समाजसेवी संस्था हो । विश्वभर छरिएर रहेका नेपालीहरुको हक हित र अधिकार प्राप्तीका लागि सहयोगी बन्दै विश्वभर छरिएर रहेका नेपालीलाई एकै छातामुनी संगठित गर्ने, नेपाली भाषा र संस्कृतिको संरक्षणमा जोड दिने र नेपालीहरु वीच सामाजिक सेवा भावको बिस्तार गर्ने लक्ष्यका साथ अन्र्तराष्ट्रिय स्तरको प्रवासी नेपालीहरुको छाता संगठन हामी नेपाली ग्लोबलले काम गर्दै आएको छ । मुलतः विदेशमा रहेका नेपालीहरुलाई एक अर्कासंग जोडने सम्पर्क पुलका रुपमा अन्र्तराष्ट्रिय स्तरको प्रवासी नेपालीहरुको छाता संगठन हामी नेपाली ग्लोबलले विशेष कार्यक्रमहरु ग्र्दै आएको छ ।

हामी नेपाली ग्लोबलको भारत च्याप्टरका प्रमुख अशोक सिंह नेपाली नेतृत्वको टिमले भारतमा छरिएर रहेका नेपालीहरुको हक हित र हामी नेपाली ग्लोबलको उदेश्य प्राप्तीमा महत्वपूर्ण योगदान गर्ने विश्वास हामी नेपाली ग्लोबल टिमले व्यक्त गरेको छ ।

व्यूरो रिर्पोट, जिटिभी नेटवर्क काठमाडाैँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *