मोरङ । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैँचामा एकजनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–१२, विराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख एवं प्रहरी निरीक्षक राजीव गिरीका अनुसार, घिमिरे दूध बिक्रीका निम्ति स्थानीय डेरीमा जाने क्रममा जंगली हात्तीको आक्रमणमा परेका थिए ।
शनिबार (मंसिर २७) बिहान करिब ६ः३० बजे विराटचोकस्थित बस्तीको बीचमा घिमिरेलाई हात्तीले आक्रमण गरेको थियो ।
