काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल बिरामी भएर अस्पताल भर्ना भएका छन् ।
मन्त्री पौडेललाई हिजो (शनिबार) काठमाडौंस्थित् वीर अस्पतालमा भर्ना गरिएको हो । उनलाई उच्च ज्वरो छ ।
मन्त्री पौडेल भर्खरै बैंककबाट फर्किएका हुन् । मन्त्री पौडेलको उपचारमा वीर अस्पतालका डाईरेक्टर डा. दिलिप शर्मा खटिएका छन् ।
