सुनिल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनीउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सो मुद्दामा राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोखरेल, कम्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, वल्र्ड डिष्ट्रिव्युशन प्रा. लि. र उक्त कम्पनीका अध्यक्ष अरुण श्रेष्ठलाई सो मुद्दामा प्रतिवादी बनाइएको छ ।

उनीहरुबाट जनही १५ करोड ८८ लाख ५० हजार बिगो मागदाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *