काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार भने ४ हजार ५५ रुपैयाँमा कायम भएको थियो ।
