काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ‘रेकर्ड’ बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (पुस ७) मा छापावाल सुनको मूल्य दुई लाख ६१ हजार ७०० रुपैयाँ पुगेको छ । कायम भएको हो । यो हालसम्मकै उच्च हो ।
आइतबार (पुस ६) दुई लाख ५८ हजार ३ सय थियो । महासंघका अनुसार अघिल्लो दिनको तुलनामा तोलामा ३४ सय रुपैयाँ बढेको हो ।
यस्तै चाँदी तोलाकै १३० रुपैयाँ बढेको छ । आइतबार चार हजार १०५ रहेको प्रतितोला चाँदी १३० रुपैयाँ बढेर चार हजार २३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
