सुनको मूल्य ११०० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार ११०० रुपैयाँ घटेर तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य आइतबार तोलामा २ हजार २९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी २ हजार ३४० रुपैयाँ कायम भएको थियो । यस आधारमा चाँदी आइतबार तोलामा ५० रुपैयाँ घटेर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *