सुनको मूल्य हालसम्मकै उच्च !

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले बढेर १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य एक लाख ७५ हजार २ सय रुपैयाँमा कायम भएको थियो ।

याे मूल्य हालसम्मकै उच्च हो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । मंगलबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार मात्र ५ रुपैयाँ घटेर २ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *