काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनका मूल्य बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको छ । बुधबार पनि तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको थियाे ।
यस्तै चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य बुधबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको थियाे ।
