काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मूल्य तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा कायम भएको छ ।
चाँदीको मूल्य भने १० रूपैयाे बढेको छ । चाँदीको मूल्य तोलामा २ हजार १७० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।महासंघका अनुसार आइतबार चाँदी तोलामा २ हजार १६० रुपैयाँ कायम भएको थियो ।
