काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार (आज) छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो।
आइतबार १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ।
यसैगरी चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा २ हजार २८५ रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ हजार ३१५ रुपैयाँमा कारोबार भैइरहेको छ।
