सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढ्यो

काठमाडौँ । बुधबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको छ । मंगलबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *