सुदूरपश्चिम विश्वविद्यालयमा साउन १४ मा स्ववियू निर्वाचन

दोधारा चाँदनी (कञ्चनपुर) । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन हुने भएको छ ।

विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय भएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए ।

‘साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय गरेको छ ।’ उनले भने, ‘भर्ना हुन बाँकि सबै निकायमा असार ३० गतेभित्र भर्ना गराउने निर्णय गरिएको छ ।’ यसअघि दुई पटक निर्वाचनको मिति तोकिएर अन्तिम समयमा रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *