सिरहामा करेन्ट लागेर मृत्यु

सिराहा । सिरहा नगरपालिका-१ शिव चोक बस्ने ३५ वर्षीया कल्पना यादवको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै खेतमा पानी लगाउन विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *