सिमरा घटनाबारे ओलीको प्रतिक्रिया– सभा गर्न नदिनेले कसरी चुनाव गराउँछ ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सिमरा घटनालाई लिएर सरकारमाथि प्रश्न गरेका छन् । एमाले स्थानीय विकास विभागले आज काठमाडौंमा गरेको कार्यक्रममा ओलीले दलका स्वतन्त्र गतिविधि रोकेर चुनाव नहुने बताए ।

“बारामा हाम्रो युवा भेला थियो, सिमरा एयरपोर्ट नै बन्द भयो । हाम्रा नेताहरू जान पाउनुभएन,” ओलीले भने, “एयरपोर्टमै तोडफोड गर्न दिइयो । ५०–६० जना मान्छे आएर ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने ? के हो यस्तो ?”

उनले थपे, “अनि भन्छ चुनाव गर्ने रे ? सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *