सिन्धुलीबाट बेपत्ता हायू परिवारका सबै सदस्य पोखरामा भेटिए

पोखरा । केही दिनदेखि हराएका भनिएका हायू परिवारका सबै सदस्य गगनगौंडामा फेला गरेका छन् । उनीहरूलाई पोखराको माथिल्लो गौँडगौडा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

कास्कीका प्रहरी प्रमुख (एसपी) श्यामबाबु ओलियाका अनुसार, पक्राउ परेका सबै १५ जनाले आफूहरू मजदुरी (लेबर) गर्न काम पोखरा आएको बताएका छन् ।

उनीहरू गौँडगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला परेका ओलियाले जानकारी दिए ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पाबाट हायू परिवार गत शुक्रबारदेखि बेपत्ता भएकाे थियाे । गाउँपालिकाले १६ जना बेपत्ता भएकाे जानकारी दिएकाे थियाे । तर प्रहरीकाे अनुसन्धानका क्रममा सुजाता हायू भने श्रीमान्‌सँग काठमाडाैँमा बस्ने गरेकाे खुलेकाे थियाे ।

यी हुन् हायू परिवारका १५ जना

१. उर्मिला हायु, ५२ वर्ष (आमा)
२. कमला हायु, २७ वर्ष (जेठी छोरी)
३. कोमल माया हायु, २३ वर्ष (माइली बुहारी)
४. उषा हायु, १९ वर्ष (छोरी)
५. अस्मिता हायु, १८ वर्ष (छोरी)
६. राजु हायु, २९ वर्ष (जेठो छोरो)
७. हिमाल हायु, २४ वर्ष (माइलो छोरो)
८. लाल बहादुर हायु, १६ वर्ष (साँइलो छोरो)
९. वेग बहादुर हायु, १४ वर्ष (छोरो)
१०. लक्ष्मण हायु, ११ वर्ष (छोरा)
११. सुवर्ण हायु, १२ वर्ष (छोरा)
१२. ओम कुमारी हायु, १० वर्ष (छोरी)
१३. अर्जुन हायु
१४. रियासा हायु,
१५. शान्ता हायु, १५ वर्ष (छोरी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *