काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको शीर्ष नेताहरुको बैठक सुरु भएको छ । संक्रमणकालीन न्यायसम्बन्धी विषयमा सरकार पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच सिंहदरबारमा छलफल जारी रहेको हो ।
यसअघि प्रधानमन्त्री ओलीले बुधबार र बिहीबार छलफलको कोशिस गरेको भए पनि सम्भव भएको थिएन । आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलगायत सहभागी छन् ।
