साफ यू–२०ः नेपाललाई हराउँदै बंगलादेश च्याम्पियन

काठमाडौं। साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। अन्तिम खेलमा नेपाललाई ४-० ले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो।

बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा घरेलु टोली बंगलादेशले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा ३ गोल थप्यो। नेपालले भने एक गोल पनि फर्काउन सकेन।

बंगलादेशको जितमा सागोरिकाले ४ गोल गरिन्। सागोरिकाले खेलको ८औं मिनेटमा गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाएकी थिइन्।

यस्तै उनले दोस्रो हाफको ५१औं मिनेटमा दोस्रो गोल गरिन् भने ५८औं मिनेटमा ह्‍याट्रिक पूरा गरिन्। ७७औं मिनेटमा सागोरिकाले फेरि गोल गर्दै ४-० सहित टोलीलाई उपाधि दिलाउन सफल भइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *