काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा अघि सारेको पाँच बुँदे प्रस्तावमाथि साझा धारणा बनाउन विपक्षी दलहरुको बैठक जारी छ । संसद् भवन नयाँ बानेश्वरमा अहिले विपक्षी दलहरुको बैठक जारी छ ।
बैठकमा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाबाट प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत सहभागी छन् । यसपछि साझा धारणासहित सत्तारूढ दलसँग छलफल गर्ने वर्षमान पुनले जानकारी दिए ।