सहमति नजुटेपछि अनेरास्ववियु निर्वाचनमा होमियो, चुनावी कार्यतालिका सार्वजनिक

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व चुनावबाटै आउने भएको छ । नेताहरुले सहमतिमा नयाँ नेतृत्व ल्याउने प्रयास गरेपछि प्रतिनिधिहरुले असहमति जनाएपछि निर्वाचन हुने भएको हो ।

सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार आज दिउँसो ५ बजेदेखि ६ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा सुजन कडरियालाई अघि सारेको चर्चा छ ।

अध्यक्ष मण्डलले पनि उनकै नाम सुनाएको थियो । तर, प्रतिधिहिरुले होहल्ला र नाराबाजी गरेपछि निर्वाचनतर्फ अघि बढेको हो । काठमाडौंको कीर्तिपुरमा जारी २४औं महाधिवेशनमा अध्यक्षमा आधा दर्जनले अध्यक्षमा दाबी गरेका छन् । अनेरास्ववियुमा पनि ३२ वर्षे उमेरहद लगाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *