सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ बनरापुलस्थित सडकमा सु.प.प्र.०२ ००३ प ४८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-७ पिताम्बर बस्ने ४४ वर्षीय गजेन्द्र बहादुर कुवरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

सर्लाहीको हरिपुर्वा नगरपालिका-९ मिर्चैया चोकमा ज.५ प २२०८ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २१ वर्षीय अशोक यादव भन्ने नन्दलाल राय यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लालबन्दीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनाम घाइते भएका मोटरसाइकलमा सवार १ जनाको स्थानीय मेडिकल श्रीनगर बजारमा उपचार भइरहेको छ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ सिण्डिगेटस्थित सडकमा बा.७८ प २८८९ नम्बरको स्कुटर गए राति दुर्घटना हुँदा स्कुटरमा सवार रौतहट चन्द्रपुर नगरपालिका-६ चपुर बस्ने २५ वर्षीया जुनु तामाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो हस्पिटल परवानिपुर बारामा थप उपचारको क्रममा मृत्यु भएको हो। स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *